११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ७ प्रदेशसभा पहिलो बैठकको अन्तरिम कार्य सञ्चालन कार्यविधि पारित



१९ माघ, धनगढी ।
प्रदेश नं ७ को प्रदेशसभाको पहिलो बैठकको तयारीका सम्बन्धमा बसेको सर्वदलीय बैठकले अन्तरिम कार्य सञ्चालन कार्यविधि, २०७४ पारित गरेको छ ।

संघीय संसद् सचिवालयका सहसचिव मुरारी महतले बैठकपछि कुरा गर्दै प्रदेशसभा पहिलो बैठकमा प्रमुख दलका एक एक सांसदलाई बोल्न दिने, प्रदेश सभामुखको चयन नभएसम्मका लागि प्रदेशसभाको बैठक सञ्चालन गर्न तीन सांसदको मनोनयन गर्ने र प्रदेश सभामुखको निर्वाचनको मिति तोक्ने प्रस्ताव बैठकले पारित गरेको जानकारी दिए । प्रदेशसभाको पहिलो बैठक यही माघ २१ गते अपराह्न १ बजे बस्नेछ ।
रासस

प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार ००:००