१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कठोर बनेर कर्मचारीलाई काम लगाउनुपर्नेः अध्यक्ष दाहाल



१९ माघ, धुलिखेल ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीलाई कठोर बनेर काम लगाउनुपर्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा नेपाल ह्याचरी उद्योग संघको साधारणसभालाई सम्बोधन गर्दै उनले केही कर्मचारीले काम गर्ने सवालमा सानो काममा पनि धेरै झमेला गर्ने गरेको उल्लेख गरे ।

“केही कर्मचारीले अझै पनि राजा महाराजाबाट भएको निर्देशनात्मक अभियान अनुरुप काम गर्ने गरेको पाएको छु,” उनले भने, “त्यसैले भएको ऐन नियम र कानूनलाई परिमार्जन गरी संस्कारलाई नै परिमार्जन गरेर अगाडि बढ्नुको विकल्प छैन ।”

उनले अब ऐन नियम र निर्देशिकामा आवश्यक संशोधन र परिमार्जन गरेर अघि बढेमा मात्र उद्योगको विकास हुने बताए ।

अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्रको एकतामा कुनै शंका नगर्न आग्रह गरे । उनले लोकतान्त्रिक पद्धतिलाई सुहाउने तर कठोर ऐन बनाएर वामपन्थी सरकारले छाडातन्त्रको अन्त्य गर्ने ठोकुवा गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले आफू पनि कृषि अध्ययन गरेको विद्यार्थी भएकाले कृषिको क्रान्तिविना नेपालको मुहार फेर्न नसकिने भएकाले अब कृषिमा उच्च प्रविधि र आकर्षणको विकास हुने कार्यक्रम वामपन्थी सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।
रासस

प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार ००:००