१९ माघ, भद्रपुर ।
झापाको कचनकवल गाउँपालिकाले ३८ करोड ६७ लाख ६८ हजारको वार्षिक आय व्यय सहितको बजेट पहिलो गाउँपालिका परिषद्बाट पारित गरेको छ ।
परिषद्ले पूँजीगततर्फ १६ करोड ८६ लाख ७२ हजार, चालूतर्फ १५ करोड ३३ लाख ६३ हजार र सामाजिक सुरक्षा भत्तातर्फ ५ करोड ७६ लाख २६ हजार विनियोजन गरेको छ ।
यस्तै, दैवी प्रकोप राहतमा ६१ लाख ९७ हजार, पूँजीगततर्फ विभिन्न कोषका लागि ८५ लाख ४९ हजार तथा गाउँपालिकाको लक्षित कार्यक्रमतर्फ ६३ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अधिकृत रेखनाथ दाहालले बताए ।
रासस


प्रतिक्रिया