१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सखुवा नान्कारकट्टी गाउँपालिकाको बजेट करिब १९ करोड



१९ माघ, लहान ।
सिराहाको सखुवा नान्कारकट्टी गाउँपालिकाको पहिलो गाउँसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि १८ करोड ८४ लाख ३४ हजार ७६६ को बजेट पारित गरेको छ ।

विहिबार भएको गाउँसभाले आव २०७४/०७५ मा अनुदानबापत ११ करोड ९९ लाख ४५ हजार, गत वर्षको बैंक मौज्दात अल्याबाट ५८ लाख १५ हजार ७६६, नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानबाट ११ करोड ९९ लाख ४५ हजार, सशर्त अनुदान ६ करोड ३ लाख ४४ हजार र आन्तरिक आय ९मालपोत तथा राजश्व बाँडफाँड० स्रोतको अनुमानित २३ लाख ३० हजार गरी १८ करोड ८४ लाख ३४ हजार ७६६ को बजेट पारित गरेको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए ।

चालू खर्चतर्फ २ करोड ९३ लाख ६५ हजार, पूँजीगततर्फ ६ करोड ९७ लाख २५ हजार ७०० विनियोजन गरेको छ भने वडास्तरीय कार्यक्रमका लागि २ करोड ९० लाख, सशर्त अनुदान ९कृषि, पशु, शिक्षा र स्वास्थ्य० तर्फ ६ करोड ३ लाख ४४ हजार विनियोजन गरेको अध्यक्ष यादवले बताए ।

त्यस्तै, शिक्षातर्फ प्रत्येक वडामा एउटा नमूना विद्यालय बनाउनका लागि बजेट विनियोजन गरेको छ भने सो विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गराउने योजना रहेको जनाइएको छ ।

गाउँसभाले विकास निर्माणतर्फ ठोस योजनाका रूपमा २५ किलोमिटर ग्राभेल रिङरोडको विस्तार गर्ने लक्ष्यअनुरुप चालू आवभित्रै दुई किलोमिटर सडक कालोपत्रे गर्ने योजना पारित गरेको अध्यक्ष यादवको भनाइ छ ।

यसैगरी, गाउँसभाले दलित समुदायलाई गाउँपालिकाबाट हुने सिफारिश दस्तुरमा ५० प्रतिशत छुट दिने निर्णय पारित गरेको जानकारी दिँदै अध्यक्ष यादवले स्वास्थ्यतर्फ गाउँपालिकाको एम्बुलेन्स खरिद प्रक्रिया र स्वास्थ्य संस्था सुधार गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको समेत बताए ।
रासस

प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार ००:००