६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिँचाइका लागि स्यालो ट्युबवेल जडान गरियाे



१८ माघ, लहान ।
सिरहा, सप्तरी र उदयपुरका किसानलाई लक्षित गरी भूमिगत जलस्रोत विकास समिति लहानले २ हजार ३९ स्यालो ट्युबवेल तथा १२ थान डिप ट्युबवेल जडान गरेको छ ।

सिँचाइ सुविधा पु¥याएर कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले आथिक वर्ष २०७३/७४ मा सिरहामा ९५०, सप्तरीमा ९५५ र उदयपुरमा १३४ थान स्यालो ट्युबवेल जडान गरिएको भूमिगत जलस्रोत विकास समिति लहानका प्रमुख कामेश्वर यादवले जानकारी दिए ।

आव २०७३/७४ मा सिरहाको भदैया अमही, धनगढीमाई नगरपालिका र सन्हैठामा गरी तीन थान, सप्तरीको हरिहरपुर १, ३ र ७ तथा सप्तरीकै सिस्वा धनगढी, शम्भुनाथ नगरपालिका, कञ्चनरुप नगरपालिका–२ बरमझिया, सीतापुरमा सात थान र उदयपुरको रामपुर ठोक्सिला, त्रियुगा नगरपालिका–९ श्रीपुरमा गरी २ थान डिप ट्युबवेल जडान गरिएको छ ।

सिरहामा जडान गरिएको स्यालो ट्युबवेलबाट करिब दुई हजार बिघामा, सप्तरीमा दुई हजार ७०० तथा उदयपुरमा एक हजार बिघा जग्गामा सिँचाइ सुविधा पुगेको यादवले बताए । आव २०७३/७४ मा सिरहामा २३ थान, सप्तरीमा २२ थान र उदयपुरमा ३ थान पावर ड्रिल/इनार निर्माण गरिएको छ । सिरहामा ६ वटा र सप्तरीमा १० वटा सिँचाइ इनार निर्माण गरिएको यादवले बताए ।

समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रम अन्तर्गत चालू आव २०७४/७५ मा सिरहामा सात वटा, सप्तरीमा ११ र उदयपुरमा एकवटा डिप ट्युबवेल जडान गरिनेछ । भूमिगत जलस्रोत विकास समितिले विभिन्न कृषक समूहमा आबद्ध किसानको मागअनुसार स्यालो ट्युबवेल निःशुल्क रुपमा वितरण गर्दै आएको छ भने पम्पसेट ५० प्रतिशत अनुदानमा वितरण गर्दैआएको छ ।
रासस

प्रकाशित मिति : १८ माघ २०७४, बिहिबार ००:००