२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुरका जनप्रतिनिधिलाई प्रशिक्षण



१८ माघ, भोजपुर ।
यही माघ २४ गते विराटनगरमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि भोजपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिइएको छ ।

जिल्ला निर्वाचन कार्यालय भोजपुरले स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिलाई राष्ट्रियसभा निर्वाचन, निर्वाचन प्रणाली, मतदान गर्ने तरिका, मतपत्र लगायतका विषयमा बुधबार प्रशिक्षण दिइएको जिल्ला निर्वाचन अधिकारी राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचनमा भोजपुरबाट दुई नगरपालिका सहित सात गाउँपालिकाका प्रमुख, उपप्रमुख गरी १८ र प्रदेशसभा तर्फबाट दुई गरी २० जनाले सहभागिता जनाउन पाउने भएका छन् ।

अभिमुखीकरणमा जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा प्रदेश सभाका सांसदहरु, प्रतिनिधिसभाका सांसद र जिल्ला समन्वय समितिका प्रमुख समेतको उपस्थिति रहेको थियो ।
रासस

प्रकाशित मिति : १८ माघ २०७४, बिहिबार ००:००