५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्सवका कारण प्रदेश सभाको बैठकस्थल स¥यो



१५ माघ, सुर्खेत ।
प्रदेश उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवका कारण प्रदेश सभाको पहिलो बैठक सिँचाइ डिभिजन कार्यालयको सभाहलमा हुने भएको छ ।

जिल्ला समन्वय समितिको हलमा बस्ने तय भएको प्रदेश सभाको पहिलो बैठक महोत्सवका कारण सिँचाइ डिभिजनको हलमा सारिएको हो । प्रदेश सभाको पहिलो बैठक माघ २१ गते दिनको १ बजेका लागि आह्वान गरिएको छ ।

“जिल्ला समन्वय समिति नजिकैको खुल्ला मञ्चमा महोत्सवको आयोजना गरिएकाले प्रदेश सभाको बैठक सिँचाइ डिभिजनको सभाहलमा गर्ने निर्णय गरेका हौँ,” प्रदेश प्रमुख दुर्गाकेशर खनालले भने, “सोही अनुसारको तयारी भइरहेको छ ।”

प्रदेश सचिव भरत ढुंगानाका अनुसार सिँचाइको हलमा ८० जना अट्ने क्षमता छ । “हिजैदेखि सभाहलको रंगरोगन र सजावटको काम शुरु गरिएको छ,” उनले भने, “२० गतेभित्र यहाँको सबै तयारी पूरा गर्छौं ।”

प्रदेश सभाका लागि शैक्षिक तालीम केन्द्रको अडिटोरियम हल तय गरिएको छ । शैक्षिक तालिम केन्द्रको हल मर्मत भइराखेकाले कम्तीमा तीन महिनाका लागि प्रदेश सभाको बैठक सिँचाइको सभाहलमा बस्नेछ ।
रासस

प्रकाशित मिति : १५ माघ २०७४, सोमबार ००:००