६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिर्चैया नगरपालिकाको बजेट ४३ करोड ३२ लाख



१२ माघ, लहान । सिरहाको मिर्चैया नगरपालिकाको पहिलो नगरसभाले २०७४/०७५ का लागि ४३ करोड ३२ लाख रुपैयाँको बजेट अनुमोदन गरेको छ । नगरसभामा नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले चालू आर्थिक बर्ष ०७४/७५ का यो बजेट प्रस्तुत गरेका हुन् ।

आन्तरिक आयतर्फ १ करोेड ५० लाख रुपैयाँ, राजश्व बाँडफाँड (रजिष्टे«शनतर्फ) ५० लाख रुपैयाँ संघीय संरचना पूँजगत विकास कार्यक्रमतर्फ ४८ लाख रुपैयाँ, वित्तीय समीकरणतर्फ २५ करोड रुपैयाँ, सशर्त पूँजीगततर्फ ७ करोड रुपैयाँ, सामाजिक सुरक्षातर्फ ७ सात करोड ४४ लाख, सडक बोर्डतर्फ ३५ लाख रुपैयाँ विनियोजन हुने अनुमान गरिएको छ ।

यसैगरि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी( तर्फ १५ लाख ५७ हजार विनियोजन हुने प्रक्षेपण गरिएको छ ।

यस्तै, व्ययतर्फ ७ करोड १४ लाख, पूँजीगत खर्चमध्ये वित्तीय समीकरणतर्फ २१ करोड २४ लाख रुपैयाँ, सशर्त पूँजीगततर्फ ७ करोड दुई लाख रुपैयाँ, सामाजिक सुरक्षा चालूतर्फ ७ करोड ४४ लाख रुपैयाँ संघीय संरचना पूँजीगत विकासतर्फ ४८ लाख रुपैयाँ अनुमानित व्यय प्रस्ताव गरिएको नगरप्रमुख यादवले जानकारी दिए ।

जनताको हित र कल्याणको पक्षमा सदुपयोग गर्नुका साथै पाँच वर्षको अवधिलाई फलदायी र उपलब्धिमूलक बनाउने लक्ष्यका साथ बजेट, नीति तथा कार्यक्रम तयार गरिएको नगरप्रमुख यादवको दाबी छ ।

मिर्चैयामा बैंक अफ काठमाडौँ

यसैबीच, सिरहाको मिर्चैयामा बैंक अफ काठमाडौँले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ७७ औँ शाखाको रुपमा मिर्चैयामा सञ्चालनमा ल्याएको हो ।

बैंकका सञ्चालक समितिका सदस्य गोविन्दप्रसाद शर्मा रेग्मीले बिहीबार बैंकको शाखा बीच उद्घाटन गरेका छन् । सोही अवसरमा बैंकका सहायक महाप्रबन्धक महेश मिश्र, क्षेत्रीय प्रमुख अमित चन्द, राष्ट्रपतिका स्वकीय सचिव जिवछ साह, उद्योग वाणिज्य संघ, मिर्चैयाका अध्यक्ष हरिशंकर साहलगायतको उपस्थिति थियो । रासस

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार ००:००