५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्नपूर्ण गाउँपालिकाले ६ महिनामा २६ प्रतिशत बजेट खर्च



१० माघ, बाबियाचौर– म्याग्दी ।
अन्नपूर्ण गाउँपालिकाले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा २६ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

वित्तीय समानीकरण अनुदान र सशर्त अनुदान गरी २२ करोड २६ लाख ८७ हजार बजेट विनियोजन गरेको सो गाउँपालिकाले पुस मसान्तसम्ममा ५ करोड ८८ लाख ४१ हजार मात्र खर्च गरेको छ ।

हालसम्म १४ करोड ८४ लाख ५६ हजार निकासा प्राप्त भएकोमा ८ करोड ९६ लाख ६ हजार खर्च हुन बाँकी रहेको सो गाउँपालिकाका लेखापाल इन्द्रबहादुर केसीले जानकारी दिए । वित्तीय समानीकरण अनुदान अन्तर्गत हालसम्म १ करोड ८ लाख ९ हजार खर्च भएको छ ।

चालूतर्फ ६५ लाख ६० हजार र भौतिक पूर्वाधार योजनाका लागि विनियोजित मध्ये ४३ लाख ३० हजार खर्च भएको उनले बताए ।

शिक्षा, स्वास्थ्य, पशु, कृषि विकास लगायत विषयगत कार्यालयका कर्मचारीको तलबभत्ता र ती कार्यालयमार्फत सञ्चालन हुने कार्यक्रमका लागि शःसर्त अनुदानबाट विनियोजन भएको ८ करोड २१ लाख ९३ हजार मध्ये ४ करोड ७९ लाख ५८ हजार खर्च भएको छ ।

यसैगरी छ महिनाको अवधिमा मालपोत, पञ्जीकरण, सिफारिस, भाडा, पशुचौपाया, ढुंगा गिट्टी, तातोपानी कुण्ड व्यवस्थापन, मनोरञ्जन र शिलबन्दी दस्तुरबापत ३३ लाख १३ हजार आन्तरिक आम्दानी भएको छ ।

बर्खा, खेतीबाली भित्र्याउने, चुनाव, कर्मचारी अभावका कारणले हालसम्म पूर्वाधार विकासका कामले गति लिन नसकेको गाउँपालिकाले जनाएको छ ।
रासस

प्रकाशित मिति : १० माघ २०७४, बुधबार ००:००