७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसभा सचिवालयमा पठाइने कर्मचारीलाई प्रशिक्षण दिँइदै



९ माघ, काठमाडौँ ।
संघीय संसद सचिवालयले सातवटै प्रदेशसभाको कार्य सम्पादनमा एकरुपता ल्याउन प्रदेशसभा सचिवालयमा काजमा खटी जाने संसदका कर्मचारीलाई दुई दिने प्रशिक्षण दिने भएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार प्रदेशसभाको प्रारम्भिक दिनको कार्यसञ्चालनमा सहयोग पु¥याउन सहसचिवको नेतृत्वमा खटिएका कर्मचारीलाई प्रदेशसभाको समग्र कार्य सञ्चालनका बारेमा प्रशिक्षण दिइनेछ । प्रशिक्षण यही माघ १० र ११ गते सञ्चालन हुनेछ ।

संघीय संसद् सचिवालयले प्रदेश नं १ मा ध्रुव घिमिरे, प्रदेश नं २ मा वंशी पौडेल, प्रदेश नं ३ मा डा रोजनाथ पाण्डे, प्रदेश नं ४ मा जीवराज बुढाथोकी, प्रदेश नं ५ मा सुरेन्द्र अर्याल, प्रदेश नं ६ मा कृष्णहरि खड्का र प्रदेश नं ७ मा मुरारी महतको नेतृत्वमा अन्तरिम व्यवस्थापनका लागि कर्मचारी खटाएको छ ।

सचिवालयले प्रदेशमा खटिएका कर्मचारीलाई सभा सञ्चालनको विधि र प्रक्रियादेखि कार्यपरामर्श समितिको बैठक र त्यसले तयार गर्ने कार्यसूची तथा सभामुख, उपसभामुख, सत्तापक्ष र प्रतिपक्ष बस्ने कुर्सीतय गर्नेसम्मका विषयमा विस्तृतरुपमा प्रशिक्षण दिने छ ।

प्रदेश नं २ मा यही माघ २१ गते प्रदेशसभाको बैठक बोलाउने घोषणा भएकाले सरकारले यही माघ १४ गतेभित्रै प्रत्येक प्रदेशसभा सञ्चालनका लागि २७ कर्मचारी प्रदेशमा पठाउने जानकारी दिएको छ ।

संसद् सचिवालयले पनि प्रत्येक प्रदेशसभा सचिवालयमा चार जना कर्मचारीलाई एक महिना काजमा पठाउन लागेको हो । संसदबाट जाने कर्मचारीले त्यहाँ खटिने निजामती सेवाका कर्मचारीलाई प्रदेशसभा सञ्चालन विधि र प्रक्रियाबारे तालिम वा प्रशिक्षण दिने छन् ।
रासस

प्रकाशित मिति : ९ माघ २०७४, मंगलबार ००:००