२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश कार्यालयलाई भौतिक पूर्वाधार उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन



९ माघ, काठमाडौं । सरकारले प्रदेश कार्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिएको छ ।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेशको स्थायी संरचना नबनेसम्मका लागी आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउन निर्देशन दिएको हो ।

मन्त्रालयकाे कर्मचारी प्रशासन तथा आन्तरिक व्यवस्थापन शाखाका अधिकृत रवीन्द्रजंग थापाले प्रदेश कार्यालय नयाँ भएकाले अन्तरिम व्यवस्था गर्न निर्देशन दिएको बताए । स्थानीय तहसँग भएका भवनलगायतका पूर्वाधार उपलब्ध गराई दिन भनेको छ ।

उहाँले जिल्ला समन्वय समिति, महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र प्रदेश मन्त्रालय सञ्चालनका लागि आवश्यक भवन र संरचना उपलब्ध गराउन निर्देशन दिएको बताए । स्थानीय तहले आफूसँग भएको कार्यालयका भवन प्रदेश कार्यालय सञ्चालनका लागि दिनु पर्नेछ ।

स्थानीय तहले क्षेत्रीय प्रशासक कार्यालयले प्रमुख जिल्ला अधिकारीसँगको संयोजनमा ती भवन र संरचनाको प्रदेश कार्यालय सञ्चालन गर्नका लागि वैकल्पिक व्यवस्थापन गर्नेछन् । रासस

प्रकाशित मिति : ९ माघ २०७४, मंगलबार ००:००