६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह सञ्चालनका लागि ३० वटा नमूना कानून



९ माघ, काठमाडौं । सरकारले स्थानीय तह सञ्चालन गर्न सघाउ पु¥याउने उद्देश्यले ३० वटा नमूना कानून तयार पारेको छ । देशभरिका ७ सय ५३ स्थानीय तह सञ्चालनका लागि ३० नमूना कानून तयार पारिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका उपसचिव छवि रिजालका अनुसार तत्काल स्थानीय तह सञ्चालनका लागि नमूना कानून बनाइएको हो । संविधानको अनुसूची–८ बमोजिम स्थानीय तहका २२ वटा कामका आधारमा स्थानीय तहको कार्य सञ्चालनमा सघाउ पुग्ने उद्देश्यले ‘स्थानीय तहको विनियोजन ऐन’, ‘स्थानीय तहको आर्थिक ऐन’, ‘महानगर/उपमहानगर/नगर/गाउँपालिका कार्यपालिका कार्यविभाजन नियमावली’, ‘गाउँ/नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेका कानून’, ‘स्थानीय तहको सरकारी ऐन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरणसम्बन्धी कानून’, ‘स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन’ जस्ता नमूना कानून बनाइएका हुन् ।

“हामीले नमूना कानून बनाएर दिएको र स्थानीय तहले तिनै कानूनका आधारमा आफ्नो कार्यसञ्चालन गरेका छन्”, उनले भने, “उनीहरूले अन्य विज्ञ राखेर नयाँ कानून बनाउन आवश्यक छैन । उपसचिव रिजालले आवश्यकताअनुसार अन्य कानून पनि कानून मन्त्रालयको सहयोगमा मस्यौदा बनाइरहेको जानकारी दिए । रासस

प्रकाशित मिति : ९ माघ २०७४, मंगलबार ००:००