१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसभा सहजीकरणका लागि संसद् सचिवालयका कर्मचारी काजमा



९ माघ, काठमाडौँ ।
संघीय संसद् सचिवालयले प्रदेशसभा सञ्चालनको शुरुवाती दिनमा सहजीकरणका लागि सहसचिवको नेतृत्वमा कर्मचारी खटाएको छ ।

प्रदेशसभामा कर्मचारीको व्यवस्थापन नभइसकेको अवस्थामा संसदीय अभ्यास र अनुभवका आधारमा संघीय संसद् सचिवालयले ७ वटा प्रदेशसभाका लागि १ सहसचिवसहित ४ जनाका दरले कूल २८ कर्मचारी पठाउने निर्णय भएको सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । ती कर्मचारी आउँदो आइतबारदेखि खटिएका प्रदेशमा जानेछन् ।

मुख्य सचिव लोकदर्शन रेग्मी र महासचिव भट्टराईबीच भएको छलफलपछि सचिवालयले हाललाई ती कर्मचारी पठाए पनि प्रदेशसभामा पछि आफ्नै स्थायी सचिवालय बन्नेछ । खटिएकामध्ये सहसचिव १५ दिन र अन्य कर्मचारी १ महिनाका लागि काजमा खटाइएको सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए । प्रदेशसभामा नियमित कर्मचारी व्यवस्थापनका लागि सामान्य प्रशासन मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ ।

संघीय संसद् सचिवालयले तालीम, प्रशिक्षण र विशेषज्ञ सेवा दिन सक्ने भए पनि स्थायी रुपमा कर्मचारी पठाउन नसकिने जनाएको छ । गत मंसिर १० र २१ मा भएको निर्वाचनपछि प्रदेशसभाका सदस्यले यही माघ ७ गते शपथ लिइसकेका छन् ।
रासस

प्रकाशित मिति : ९ माघ २०७४, मंगलबार ००:००