१९ मंसिर २०८२, बिहिबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसभा सदस्यद्वारा शपथ ग्रहण



७ माघ ।
प्रदेश नं ४ का प्रदेशसभा सदस्यले आज सामूहिक रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश नं ४ का ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठले पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा उनीहरूलाई शपथ गराए ।

ज्येष्ठ सदस्य श्रेष्ठले आजै बिहान प्रदेश प्रमुख बाबुराम कुँवरसंग पद तथा गोपनीयताको शपथ लिएका थिए । प्रदेश नं ४ मा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), तनहुँ, लमजुङ, गोरखा, मनाङ र कास्की जिल्ला पर्छन् ।

प्रदेश नं ३ मा शपथ सम्पन्न

हेटौँडा— मकवानपुरको हेटौँडामा ३ नं प्रदेशका सांसदले शपथ लिएका छन् । बिहान १० बजे ज्येष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा ‘ख’ का सदस्य डोरमणि पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ गराएपछि सांसद पौडेलले १०९ सांसदलाई क्षेत्रीय शिक्षा निर्देशनालयको सभाकक्षमा बिहान ११ बजे शपथ गराए ।

हेटौँडामा ३ नं प्रदेशअन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका ११० सांसदले शपथ लिएका हुन् ।
रासस

प्रकाशित मिति : ७ माघ २०७४, आइतबार ००:००