२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहा नगरपालिका १ का वडाध्यक्षबाट कम्बल वितरण



७ माघ, लहान ।
सिरहा नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार यादवले व्यक्तिगत लगानीमा सो वडाका चिसोबाट प्रभावित १०५ दलित तथा विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् ।

अत्यधिक चिसोका कारण मानवीय क्षति भइरहेको कुरालाई दृष्टिगत गरी वडाध्यक्ष यादवले अन्य निकायमा पहल थाले पनि प्रक्रियागत रुपमा आउन ढिला भइरहेकाले आफ्नै व्यक्तिगत लगानीमा विपन्न, गरिब, दलित, वृद्धवृद्धा तथा अपाङ्गतायुक्तलाई प्राथमिकतामा राखेर कम्बल वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिए ।

यसैगरी जिल्ला प्रहरी कार्यालयले पनि सिरहा नगरपालिका–१४ का विपन्न परिवारलाई २२ थान कम्बल वितरण गरेको छ ।
रासस

प्रकाशित मिति : ७ माघ २०७४, आइतबार ००:००