५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसभा ज्येष्ठ सदस्यद्वारा शपथग्रहण



७ माघ, पोखरा ।
प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले उनलाई शपथग्रहण गराएका हुन् ।

समारोहमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीलगायतको उपस्थिति रहेको थियो । ज्येष्ठ सदस्य श्रेष्ठले आजै प्रदेश नं ४ का प्रदेश सभा सदस्यहरुलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।
रासस

प्रकाशित मिति : ७ माघ २०७४, आइतबार ००:००