७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी’



७ माघ, बुटवल ।
प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले पदबहाली गरेका छन् । उनले रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा प्रमुख झालाई ५ नं प्रदेशका सचिव सनतकुमार दवाडीले पदबहाली गराए ।

रुपन्देहीलाई ५ नं प्रदेशको अस्थायी केन्द्र तोकिएपछि आफ्नो जिम्मेवारी सम्हाल्न र आज हुने प्रदेशसभाका सांसदलाई शपथ गराउन झा शनिबार मात्र यहाँ आइपुगेका हुन् ।

पदबहालीपछि आफ्नै कार्यकक्षमा प्रदेश प्रमुख झाले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली जनताको चाहनानुसारको संघीय लोकतान्त्रिक गणतन्त्रले मूर्त रुप लिन लागेको अवस्थामा तीन वटै तहको निर्वाचनपछि अब संविधानले प्रदान गरेका जनताका अधिकारलाई सबैभन्दा पहिले संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी रहेको बताए ।

उनले भने, “जनताका आकांक्षा स्वाभाविक रुपले धेरै भएको अवस्थामा संविधान र कानून अनुसार धैर्य राखेमा संस्थागत गर्न कुनै समस्या हुँदैन ।” प्रदेशसभाका सांसदको शपथपछि प्रदेशसभाको बैठक आह्वान हुने र सरकार गठनको प्रक्रिया थालनी हुने छ ।

पदबहाली कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलगायत जिल्लाका उच्च प्रशासनिक तथा सुरक्षा निकायका प्रमुख, उद्योगी व्यवसायी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।
रासस

प्रकाशित मिति : ७ माघ २०७४, आइतबार ००:००