१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन आयोगद्वारा प्रदेश प्रमुखहरूलाई प्रतिवेदन हन्तान्तरण



५ माघ, काठमाडौं । निर्वाचन आयोगले ७ वटै प्रदेशका प्रमुखलाई प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा सहितको प्रतिवेदन बुझाएको छ ।प्रदेश प्रमुखको शपथग्रहणलगत्तै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा ती प्रदेशका प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

यादवले प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ का अनुराधा कोइराला, प्रदेश नं ४ का बाबुराम कुँवर, प्रदेश नं का ५ उमाकान्त झा, प्रदेश नं ६ का दुर्गाकेशर खनाल र प्रदेश नं ७ का मोहनराज मल्ललाई प्रतिवेदन बुझाएका हुन् ।

सो अवसरमा प्रमुख आयुक्त, डा यादवले सबै प्रदेश प्रमुखलाई राष्ट्रियसभा निर्वाचनको तालिकाअनुसार प्रदेशसभा सदस्यहरुलाई आइतबार बिहान ११ बजेसम्म शपथ ग्रहण गराइदिन आग्रह गरेका थिए । रासस

प्रकाशित मिति : ५ माघ २०७४, शुक्रबार ००:००