२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७ नं प्रदेश सरकारका लागि भवनको खोजी शुरू



५ माघ, धनगढी ।
प्रदेश प्रमुखको नियुक्ति र धनगढीलाई ७ नम्बर प्रदेशको अस्थायी मुकाम तोकिएसंगै प्रदेश सरकारका लागि चाहिने भवन लगायतका संरचनाको खोजी शुरु गरिएको छ ।

क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेल नेतृत्वको टोलीले बिहीबार धनगढीमा रहेको क्षेत्रीय स्वास्थ्य तालीम केन्द्र, कृषि, क्षेत्रीय वन, क्षेत्रीय सिँचाइ निर्देशनालय, जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग कार्यालय, सहकारी प्रशिक्षण तथा डिभिजन लगायतका कार्यालयको निरीक्षण गरी भवनको वस्तुस्थितिबारे जानकारी लिएको छ ।

प्रदेश प्रमुखको निवास, कार्यालयका साथै शपथ ग्रहण गरिने स्थानको टुंगो आजसम्म लगाई सक्ने र प्रदेश सरकार मातहतका लागि चाहिने थप कार्यालयको टुंगो पनि केही दिनभित्रै लगाई सक्ने क्षेत्रीय प्रशासक पौडेलले बताए ।

अहिलेलाई धनगढीमा उपलब्ध भवनको प्रयोग गर्ने हो, पौडेलले भने, पछि प्रदेश सरकार आफैँले व्यवस्थापन गरिहाल्छ । प्रदेश सरकार अन्तर्गत गठन हुने मन्त्रालयका साथै मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सचिवालय, मुख्य सचिवको कार्यालयका साथै निवासको प्रयोजनका लागि ठूलो संख्यामा भवन लगायतका संरचना आवश्यक पर्ने बताइएको छ ।

सरकारले सात नम्बर प्रदेशको प्रमुखमा कैलालीको भजनी नगरपालिकाका मोहनराज मल्ललाई नियुक्त गरेको छ । तत्कालीन पञ्चायती व्यवस्थामा लामो समयसम्म राष्ट्रिय पञ्चायत सदस्यमा कैलाली जिल्लाबाट निर्वाचित भएका मल्ल निष्ठावान राजनीतिज्ञका रुपमा परिचित छन् । ६८ वर्षीय मल्ल विसं २०७० अघिसम्म राप्रपासंग आबद्ध रहेकोमा त्यसपछि नेपाली कांग्रेसका प्रवेश गरेका थिए ।
रासस

प्रकाशित मिति : ५ माघ २०७४, शुक्रबार ००:००