१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णयप्रति माओवादी केन्द्रका नेता महराको ध्यानाकर्षण



४ माघ, काठमाडौँ ।
सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको विषयमा नेकपा माओवादी केन्द्रका नेता तथा दाङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न भागमा प्रदेश राजधानीको विषयलाई लिएर भइरहेको सशक्त विरोध प्रदर्शन र कार्यक्रमका सन्दर्भमा सरकारले कतिपय प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलितरुपमा तोक्न नसक्नु सरकारको असक्षमता पुष्टि भएको उल्लेख गरेका छन् ।

नेता महराले प्रशासन पुनःसंरचना आयोगको सिफारिश, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय–अन्तर्राष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थप्रेरित हुन पुगेको आरोप लगाएका छन् ।

महराले प्रदेश नं ५ को राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित पर्याप्त स्थान भएकाले उचित र सन्तुलित हुनुपर्दछ भनि त्यस क्षेत्रका जनसमुदायले गरिरहेको आन्दोलनको म दृढतापूर्वक समर्थन गर्छु भन्दै सरकारलाई तुरुन्त निर्णय सच्याउन अनुरोध गरेका छन् ।
रासस

प्रकाशित मिति : ४ माघ २०७४, बिहिबार ००:००