८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिउँसो ३ बजे पुनः मन्त्रिपरिषद् बैठक बस्ने



३ माघ, काठमाडौँ ।
प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नका लागि बसेको मन्त्रिपरिषद् बैठकले थप छलफल गर्ने भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा छलफल गरेपनि कुनै निर्णय हुन सकेन ।

बैठकमा थप परामर्श गर्नुपर्ने सुझाव आएपछि आजै दिउँसो ३ बजे पुनः बैठक बस्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा नेपाली काँग्रेसका नेताहरु र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसंग पनि छलफल गरेका थिए ।
रासस

प्रकाशित मिति : ३ माघ २०७४, बुधबार ००:००