२७ पुस, काँकडभिट्टा ।
मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि १ अर्ब ३२ लाखको बजेट विनियोजन गरेको छ । नगरपालिकाको आयोजित प्रथम नगरसभाबाट सो बजेट पारित भएको हो । नगरसभाको बैठकमा उपप्रमुख मीना उप्रेतीले सो बजेट प्रस्तुत गरेका थिए ।
बजेटमा आयतर्फ आन्तरिक स्रोतबाट ४ करोड ५६ लाख २७ हजार ३१६, बाह्य स्रोतबाट ९३ करोड ६८ लाख ६० हजार ७४० र अन्य श्रोतबाट २ करोड सात लाख ११ हजार ९४४ विनियोजन गरिएको छ ।
यसैगरी, खर्चतर्फ प्रशासनिक (उपभोग) शीर्षकमा १२ करोड ९८ हजार २६९ र पूँजीगत शीर्षकमा ८८ करोड ३१ लाख एक हजार ७३१ विनियोजन गरिएको छ । खर्चमा हरेक वडालाई १ करोड १५ लाखका दरले छुट्टै बजेट दिइने र तीन करोड ५० लाखको ट्र्याक्टर, टिपर, एक्साभेटर र ग्रेडर खरिद गरिने बजेटमा उल्लेख छ ।
रासस


प्रतिक्रिया