२५ पुस, काठमाडाैँ ।
सरकारले प्रदेशसभाका सदस्यलाई शपथ गराउने लगायत प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरुरी कार्य तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी रुपमा स्थान तोक्न आवश्यक तयारी गरिरहेको छ ।
प्रदेशसभाको बैठक बसी प्रदेशको राजधानी नतोकेसम्मका लागि प्रदेशको कार्य सञ्चालन प्रारम्भ गर्न नेपाल सरकारबाट स्थान तोक्नुपर्ने संवैधानिक बाध्यात्मक व्यवस्था छ ।
नेपालको संविधान धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी भने सम्बन्धित प्रदेशसभाबाट निर्णय भएबमोजिम हुने व्यवस्था रहेकाले सोही व्यवस्थाबमोजिम प्रदेशसभाले नै तोक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता डिल्लीराम शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
रासस

प्रतिक्रिया