७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपमहानगरबाट ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान



२४ पुस, तुलसीपुर– दाङ ।
तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । वडा नं १९ बाट उपमहानगरपालिकाले आइतबार कार्यक्रम शुरु गरेको हो ।

उपमहानगरपालिका वडा नं १९ की सबैभन्दा वृद्ध १०३ वर्षीया बस्यौनी चौधरीलाई नगरप्रमुख घनश्याम पाण्डेले न्यानो कपडा हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरे ।

उपमहानगरपालिकाले दलित, जनजाति अल्पसंख्यकबाट ८० वर्ष पुगेका र अन्य समुदायका ८४ वर्ष पुगेका वृद्धवृद्धालाई न्यानो कपडा वितरण कार्यक्रम शुरु गरेको छ ।

वडा नं १९ भित्र रहेका १६ जनामध्ये नौ जनालाई आइतबार नै वितरण गरिएको छ भने अन्यलाई आज वितरण गरिनेछ । सो अवसरमा टोपी, ब्लाङ्केट, ओड्ने एक एक थान वितरण गरिएको थियो ।

सो अवसरमा वृद्धवृद्धाको स्वास्थ्य जाँचसमेत गरिएको थियो । कार्यक्रममा प्रमुख पाण्डेले ज्येष्ठ नागरिकलाई चिसोबाट बचाउन आफूहरुले न्यानो कपडा वितरण गरेको बताए ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा पनि न्यानो कपडा वितरण गरिएको छ । सो वडामा रहेका ८४ वर्ष पुगेका २८ जना वृद्धवृद्धालाई टोपी, ब्लाङ्केट, ओड्ने एक एक थान वितरण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ४ को वडा कार्यालयले आइतबार वडा कार्यालय रक्षाचौरमा एक कार्यक्रमको आयोजना गरी वडाका ८० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको हो ।

वडाका ८० वर्ष उमेर पुगेका २० जना वृद्धवृद्धालाई न्यानो कपडा प्रदान गरिएको हो । न्यानो कपडा पाउने ज्येष्ठ नागरिकले जाडोको समयमा आफूहरुलाई केही राहत हुने बताउँदै आगामी दिनमा पनि वडा कार्यालयले उदाहरणीय र राम्रो काम गर्न सुझाव दिएका थिए ।
रासस

प्रकाशित मिति : २४ पुस २०७४, सोमबार ००:००