१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीको विकासमा लागिपर्ने सांसदको सामुहिक प्रतिबद्धता



२० पुस, काठमाडौं कर्णाली अञ्चलबाट निर्वाचित सांसदहरूले त्यस क्षेत्रको विकासका लागि आफूहरू लागिपर्ने सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँ–कालीकोट संघीय जनसम्पर्क मञ्चले प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूका लागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनीहरूले कर्णालीको विकासका लागि आफूहरू मिलेर काम गर्ने बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र) का सांसद दुर्गाबहादुर रावतले सबै सांसद एकजुट भएर लागे कर्णालीको विकास चाँडै हुने बताए । उनले सरकारले कर्णाली अञ्चललाई सधैँ दोस्रो दर्जाको रुपमा हेर्ने गरेको उल्लेख गर्दै आफूहरू नीति निर्माणको तहमा एकजुट भएर काम गर्ने बताए ।

माओवादी केन्द्रका अर्का सांसद गजेन्द्र महतले विकास र रोगजारीबाट पछाडि परेको कर्णालीलाई संगठित रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता औल्याए ।

स्वतन्त्र सांसद छक्कबहादुर लामाले नीति निर्माण तथा कार्यान्वयन तहमा आफूहरु रहेकाले केन्द्रको मुख नताकी सबै सांसद मिलेर कर्णालीको विकास गर्ने बताए । एमाले सांसद गोपालबहादुर बमले कर्णालीको विकासे मुद्दामा सबै सांसद एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।

एमालेका अर्का सांसद धनबहादुर बुढाले अरुको मुख ताक्नुभन्दा अब आफँै विकास निर्माणमा लाग्नुपर्ने बेला आएको बताए । “कर्णालीको प्राकृतिक स्रोत साधनको सदुपयोग गर्न सकेमात्र मात्र विकासमा टेवा पुग्छ,” बुढाले भने ।

कार्यक्रममा प्रदेश सांसद जीवनबहादुर शाही, दलबहादुर रावल, दानसिंह परियार, पदम रोकाया, नरेश भण्डारी र वीरबहादुर शाहीलगायत कर्णालीको विकास सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । रासस

प्रकाशित मिति : २० पुस २०७४, बिहिबार ००:००