१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धर्ना



१७ पुस, काठमाडौँ ।
धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय नजिकै धर्ना दिइएको छ ।

भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायी लगायतले बिहान ८ः३० देखि ११ बजेसम्म धर्ना दिएका हुन् ।

सोही अवसरमा प्रदेशसभा सांसदहरू इन्द्रमणि पराजुली, कुसुम श्रेष्ठ, लीला श्रेष्ठ, प्रदेश राजधानी बनाउ अभियानका संयोजक उमेश घिमिरे र नागरिक समाज धनकुटाका अध्यक्ष द्रोण गुरागार्इंलगायतले राजधानी बनाउँदा सबैका लागि उपयुक्त हुने भन्दै धनकुटालाई नै राजधानी बनाउनुपर्ने माग गरे ।

प्रदेश राजधानी बनाउ अभियानले धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै संकलन गरेको हस्ताक्षर मंगलबार प्रधानमन्त्रीलाई बुझाउने भएको छ ।
रासस

प्रकाशित मिति : १७ पुस २०७४, सोमबार ००:००