१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हल्दिबारी गाउँपालिकाको हात्ती नियन्त्रणका याेजना संगै स्थानीय खुसी



१७ पुस, बनियानी– झापा ।
झापाको हल्दिबारी गाउँपालिकाले हात्ती नियन्त्रणका लागि विभिन्न योजना अघि सारेको छ । गाउँपालिकाले हात्ती नियन्त्रणका लागि जलथलको जंगल क्षेत्रमा बाटो, कुलो निर्माणका साथै विद्युतीय तारबार जडानको तयारी गरेको छ ।

हात्तीले वर्षेनी लाखौँ मूल्यको धनमालसंगै मानवीय क्षतिसमेत पु¥याउँदै आएकाले नियन्त्रणका उपाय अवलम्बन गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताए ।

उनका अनुसार हात्ती नियन्त्रणका लागि ४५ लाख विनियोजन गरिएको छ । १८ लाखको लागतमा विद्युतीय तारबार, जंगल क्षेत्रभित्र बाटोसंगै कुलो निर्माणका लागि २७ लाख रकम विनियोजन गरिएको छ ।

“कुलो निर्माणपछि हात्ती नियन्त्रणको काम थप प्रभावकारी हुनेछ”– उपाध्यक्ष गिरीले भने, “हरेक वर्ष हात्तीको समस्या झेल्दै आएको यो क्षेत्रका एक हजार घरधुरीको संरक्षणका लागि गाउँपालिका अग्रसर भएको छ ।”

जंगलमा निर्माण गरिने बाटोमा विद्युत् विस्तार गरेर वन क्षेत्रलाई झलमल्ल बनाउने कार्य भइरहेको छ । गाउँपालिकाले हात्ती निणन्त्रणका लागि योजना अघि सारेपछि स्थानीयवासी खुशी भएका छन् ।
रासस

प्रकाशित मिति : १७ पुस २०७४, सोमबार ००:००