१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हल्दिबारी गाउँपालिकाको हात्ती नियन्त्रणका याेजना संगै स्थानीय खुसी



१७ पुस, बनियानी– झापा ।
झापाको हल्दिबारी गाउँपालिकाले हात्ती नियन्त्रणका लागि विभिन्न योजना अघि सारेको छ । गाउँपालिकाले हात्ती नियन्त्रणका लागि जलथलको जंगल क्षेत्रमा बाटो, कुलो निर्माणका साथै विद्युतीय तारबार जडानको तयारी गरेको छ ।

हात्तीले वर्षेनी लाखौँ मूल्यको धनमालसंगै मानवीय क्षतिसमेत पु¥याउँदै आएकाले नियन्त्रणका उपाय अवलम्बन गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताए ।

उनका अनुसार हात्ती नियन्त्रणका लागि ४५ लाख विनियोजन गरिएको छ । १८ लाखको लागतमा विद्युतीय तारबार, जंगल क्षेत्रभित्र बाटोसंगै कुलो निर्माणका लागि २७ लाख रकम विनियोजन गरिएको छ ।

“कुलो निर्माणपछि हात्ती नियन्त्रणको काम थप प्रभावकारी हुनेछ”– उपाध्यक्ष गिरीले भने, “हरेक वर्ष हात्तीको समस्या झेल्दै आएको यो क्षेत्रका एक हजार घरधुरीको संरक्षणका लागि गाउँपालिका अग्रसर भएको छ ।”

जंगलमा निर्माण गरिने बाटोमा विद्युत् विस्तार गरेर वन क्षेत्रलाई झलमल्ल बनाउने कार्य भइरहेको छ । गाउँपालिकाले हात्ती निणन्त्रणका लागि योजना अघि सारेपछि स्थानीयवासी खुशी भएका छन् ।
रासस

प्रकाशित मिति : १७ पुस २०७४, सोमबार ००:००