५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश सभा सदस्यहरूद्धारा तिलोत्तमा नगरपालिका सरसफाईमा प्रतिवद्धता



१५ असोज बुटवल । तिलोत्त मा नगरपालिकाले सञ्चालन गर्दै आएको समुदायमा आधारित सरसफाइ अभियान प्रभावकारी बन्दै गएको छ । अभियानलाई सफल बनाउन नगर क्षेत्रका सर्वसाधारण तथा सामाजिक तथा व्यावसायिक संघसंस्था र आमा समूहहरुको उल्लेख्य ऐक्यवद्धता देखिएको छ ।

नगरपालिकाले सञ्चालन गर्दै आएको सरसफाइ अभियानअन्तर्गत आजको कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्य द्वय लीला गिरी र दधिराम न्यौपानेले पनि सहभागिता जनाएका छन् । नयाँ मिलदेखि ड्राइभर टोलसम्म भएको सरसफाइ कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरुसँगै प्रदेशसभा सदस्यहरुले पनि सहभागिता जनाएका हुन् ।

 

नवनिर्वाचित प्रदेशसभा सदस्यहरु शुरुदेखि अन्तसम्म कुचो लिएरै सरसफाइमा सहभागी भएर अभियन्ताहरुलाई हौसला प्रदान गरेका थिए । गिरी प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश क र न्यौपाने प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश ख बाट निर्वाचित सदस्य हुन् ।

गिरी र न्यौपाने तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको सरसफाइ अभियान सराहनीय भएको बताउँदै यो अभियानमा सबैको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए । अभियानकै क्रममा विभिन्न व्यक्तिले आफ्नो घर अगाडि बुटवल–बेलहिया ६ लेन सडकको ‘ग्रीन जोन’ मा फूलका बिरुवाहरु समेत रोपेका छन् । स्थानीय विमल श्रेष्ठ तथा टुल्क बहादुर खड्का, ईश्वर कार्की, सुरज भण्डारी र रामकृष्ण ढकालले तारबारसहित व्यवस्थित तरिकाले बनाउन थालेको ‘सडक फूलबारी’ मा प्रदेश सभा सदस्य गिरी र न्यौपाने तथा नगर प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी चौधरीलगायतले विभिन्न जातका फूल तथा विरुवा रोपेका छन् ।

एकपछि अर्को व्यक्तिले आफ्नो घर अगाडिको ‘ग्रीन जोन’ मा फूल रोप्न थालेपछि ड्राइभर टोल–नयाँ मिल–मणिग्राम सडक खण्ड आकर्षक देखिन थालेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले ६ लेन सडक आसपासका सबै बासिन्दालाई हरियाली प्रवद्र्धन कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । रासस

प्रकाशित मिति : १५ पुस २०७४, शनिबार ००:००