१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिकतर्फ प्रदेशसभा सदस्यको टुंगो लगाउँदै कांग्रेस



१४ पुस, काठमाडौँ ।
नेपाली कांग्रेसले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउन अन्तिम गृहकार्यमा जुटेको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउने पार्टी कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव लगायत पार्टीका वरिष्ठ केन्द्रीय सदस्य उपस्थित छन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति २९ सदस्यीय छ ।

निर्वाचन आयोगले निर्धारण गरेको समयसीमा अनुसार दलले आज कार्यालय समयभित्र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ पाएको सिट संख्याअनुसार सदस्यको नामावली बुझाइ सक्नुपर्छ ।

बैठकमा दुई महिनादेखि राष्ट्रपति कार्यालयमा रोकिएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, हालै सम्पन्न निर्वाचनमा पार्टी पहिलो स्थानबाट दोस्रो स्थानमा झरेको लगायत समसामयिक राजनीति विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनपछि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पहिलो पटक बसेको हो ।
रासस

प्रकाशित मिति : १४ पुस २०७४, शुक्रबार ००:००