११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दूधकोशीबाट पानी तान्ने योजनामा जनप्रतिनिधि



११ पुस, काठमाडौँ ।
खोटाङबाट नवनिर्वाचित सभासद्ले राजनीतिक विषय समाप्त भइसकेकाले अब आफूहरु खोटाङको विकासका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले आफ्नो जिल्ला भौगोलिक रुपमा विकट तथा पूर्वाधारमा पछाडि परेकाले त्यसको विकासका लागि आफूहरू निरन्तर लाग्ने बताउछन् ।

प्रदेश सभा क का सभासद् राजन राईले आफ्नो प्रदेशसभाको विधिविधान निर्माण र विकास निर्माण नै प्रमुख कार्यसूची हुने बताउँदै हलेसी पर्यटकीय क्षेत्रको विकास गर्नेतर्फ आफूहरु केन्द्रित हुने जानकारी दिए ।

प्रदेशसभा ख का सभासद् रामकुमार पासाङले संविधानमा मुलुक समाजवादउन्मुख भनेर स्पष्ट व्यवस्था गरिएकाले आफूहरु संविधानअनुसार आर्थिक क्रान्तितिर लाग्ने बताउछन् ।

नवनिर्वाचित सभासद्ले दूधकोशी नदीबाट पानी तानेर माथि पु¥याउने, तापखोलाको किनारैकिनार हुँदै जयरामघाटसम्म बाटो निर्माण गर्ने, केपी–प्रचण्ड लोकमार्ग र प्रचण्ड लोकमार्ग निर्माण गर्ने तथा १५ शैयाको अस्पताल निर्माण गर्ने योजना पनि अघि सारेका छन् ।

त्यस्तै मध्यपहाडी राजमार्गलाई चार लेन बनाउने तथा सकभर खोटाङलाई राजधानी बनाउनुपर्ने आफ्नो माग भए पनि सहमतिका लागि धनकुटालाई राजधानी बनाउन आफूहरु सकारात्मक भएको उनीहरुको भनाइ थियो ।

नेपालका विकट जिल्लामध्येमा पर्ने खोटाङमा प्रसिद्ध हलेसी महादेव छ । जिल्लामा गत वर्ष १।२९ प्रतिशत बजेट छुट्याइएको थियो । जिल्लाबाट वर्षेनी एक अर्ब बराबरको अलैँची निर्यात हुन्छ । लामीडाँडामा पानी नपुगेका कारण त्यहाँका ५०० घरधुरीमध्ये ३०० घरधुरी पानीकै कारण बसाइँ सर्ने गर्छन् ।
रासस

प्रकाशित मिति : ११ पुस २०७४, मंगलबार ००:००