१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानी ट्याङ्कीको लागी जग्गादान



९ पुस, मंगलबारे– इलाम ।
इलाम नगरपालिका ९ का गोविन्द मैनालीले १५ लाख मूल्य पर्ने जग्गा एक खानेपानी उपभोक्ता समितिलाई दान गरेका छन् ।

पिउने पानीको अभावमा असहज जीवन बिताइरहेका इलाम नगरपालिका ९ भञ्ज्याङमुनिको बस्तीमा पिउने पानीको व्यवस्थापन गर्न उनले जग्गा दान गरेका हुन् ।

स्थानीय ढोडेनी भञ्ज्याङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई तीन आना जग्गादान गरेको मैनालीले बताए । समितिका सल्लाहकार किशोर कार्कीले १५ लाख मूल्य बराबरको जग्गादान गरेको बताए ।

उनले मालपोत कार्यालयमार्फत समितिको नाममा सो जग्गा पास गरिसकेका छन् । आफ्ना दिवंगत मातापिता चन्द्रकला र जयप्रसाद मैनालीको स्मृतिमा सो पुण्यको काम गरिएको गोविन्दले बताए ।

सो जग्गामा समितिले पिउनेपानीको ट्यांकी निर्माण गर्ने समितिका अध्यक्ष होमबहादुर गौतमले बताए । पिउने पानी आयोजना सम्पन्न भइसक्दा सो क्षेत्रका अन्दाजी ४०० जना लाभान्वित हुनेछन् ।

मैनालीले हत्याको आरोपमा बिनाकसुर जापानको जेलमा १४ वर्ष बिताएका थिए । चौध वर्षपछि जापानको उच्च अदालतले मैनालीलाई बेकसुर सावित गरी क्षतिपूर्तिको रकम भराएको थियो ।
रासस

प्रकाशित मिति : ९ पुस २०७४, आइतबार ००:००