१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काइँदै



७ पुस, सुरुङ्गा– झापा ।
सडक अतिक्रमण गरेर झापाको बिर्तामोडमा बनाइएका घर–टहरा आजबाट हटाउन शुरु गरिएको छ ।

सडक डिभिजन कार्यालयल, बिर्तामोड नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजबाट फराकिलो सडक बनाउन अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउन शुरु गरेको हो । सडक अतिक्रमण गरेर बनाइएका भौतिक संरचना एस्काभेटर प्रयोग गरेर भत्काउन थालिएको छ ।

बिर्तामोडको मुक्ति चोकलाई केन्द्र मानेर चारैतिर अतिक्रमण गरेर बनाइएका संरचनाहरु भत्काउन शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ७ पुस २०७४, शुक्रबार ००:००