१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवल प्रदेश राजधानीका उपयुक्तः कार्यदल



१ पुस, बुटवल । प्रदेशको राजधानी स्थापना गर्न सरकारले गठन गरेको अध्ययन कार्यदलले रुपन्देहीमा प्रदेश राजधानी स्थापनाका लागि आवश्यक पूर्वाधारको अध्ययन गरेको छ ।

कार्यदलले ५ नं. प्रदेशको तत्काल राजधानी स्थापनाका लागि रुपन्देहीमा पर्याप्त पूर्वाधार रहेको जनाएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीका कार्यालय, मन्त्रालय, सचिवालय, पहिलो बैठक बस्ने स्थानलगायतका सबै पूर्वाधार रुपन्देहीमा पाइएको टोलीले बताएको छ ।

अध्ययन गर्न स्थलगत भ्रमणमा रहेका क्षेत्रीय प्रशासन कार्यालय पोखराका सहप्रशासक बाबुराम गौतमले शुक्रबार र शनिवार रुपन्देहीका बुटवल र भैरहवाका विभिन्न सरकारी तथा अर्धसरकारी कार्यालयका भवन अवलोकन गरेका छन् । ती कार्यालयको अध्ययनपछि आज बुटवलमा उनले भने, “सरकारले तत्काल रुपन्देहीलाई अस्थायी राजधानी तोकेमा त्यसका लागि प्रयाप्त पूर्वाधार रहेको पाइयो ।”

बुटवलको सीप विकास तालिम केन्द्र, राजश्व अनुसन्धान कार्यालय यातायात कायालय (सवारी), निर्माणाधीन इलाका प्रशासन, सडक डिभिजन कार्यालय, नापतौल कार्यालय, हाल बन्द रहेको बुटवल धागो कारखाना, शंकरनगर वनबाटिका, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, निर्माणाधीन मुख्य न्यायाधीश निवासलगायतका भवन, कार्यालय तथा संरचना राजधानीका लागि प्रयाप्त हुने उनले बताए ।

राजधानी लागि तत्काल कुनै नयाँ संरचना निर्माण गर्नु नपर्ने र बनिबनाउ पूर्वाधार प्रयाप्त भएको उनले बताए । पूर्वाधार अध्ययन गर्न प्रधानमन्त्री कार्यालयबाट खटिएको टोलीले बुटवल, भैरहवा र दाङमा स्थलगत अध्ययन गरिरहेको छ ।

सहप्रशासक गौतमका अनुसार टोलीले आइतबारसम्म सरकारलाई प्रतिवेदन बुझाइ सक्नेछ । टोलीका सदस्य–सचिव तथा शहरी विकास तथा भवन निर्माण परियोजना भैरहवाका डिभिजन इन्जिनियर सुरेश ठाकुरका अनुसार टोलीले शुक्रबार भैरहवा र शनिबार बुटवलमा स्थलगत अध्ययन गरेको थियो । रासस

प्रकाशित मिति : १ पुस २०७४, शनिबार ००:००