८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्तुलित विकासका लागि ‘मौसमी राजधानी’



१ पुस, जुम्ला ।
जुम्ला प्रदेश क का नवनिर्वाचित सभासद नरेश भण्डारीले प्रदेश नं ६ को सन्तुलित विकासका लागि ‘मौसमी राजधानी’को परिकल्पना गरिएको बताएका छन् ।

पत्रकारसंग शुक्रबार बेलुका भएको भेटघाट कार्यक्रममा सभासद् भण्डारीले ‘शासकीय सोचका कारण उत्पीडिनमा परेको कर्णाली’लाई विकासको मूलप्रवाहमा ल्याउन ६ नं प्रदेशमा ग्रीष्मकालीन र शीतकालीन राजधानीको परिकल्पना अघि सारिएको बताउँदै भने, “संघीयताको भ्रुण कर्णालीमा नै थियो । कर्णाली खस सभ्यताको उद्गमस्थल पनि हो । भूस्वर्ग राराताल, फोक्सुण्डो, खर्बौं डलर बोकेर हिँडिरहेको नेपालको सबैभन्दा लामो नदी कर्णाली, यार्साजस्ता विश्वका सर्वाधिक महंगा जडीबुटी पाइने यो प्रदेश सम्भावनाको क्षेत्र हो ।”

दक्षिण भारतसंग नजोडिएको यो प्रदेशलाई उत्तरी चीनसंग जोड्न हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना र डोल्पाको धो मोरङ्लो नाका खोलिने उनको भनाइ छ । छ नं प्रदेश जन्माउनुमा कर्णालीका शहीद हरिबहादुर कुँवरको प्रमुख भूमिका छ भन्दै उनले उनको सपना पूरा गरिने वचन दिए ।
रासस

प्रकाशित मिति : १ पुस २०७४, शनिबार ००:००