२८ मंसिर, काठमाडौँ ।
प्रदेशसभा अन्तर्गत उपत्यकामा पाँच सिटबाहेक सबै सिटमा वाम गठबन्धनले विजय हात पारेको छ । उपत्यकामा भएका ३० प्रदेशसभामा नेपाली कांग्रेस तीन र नेपाल मजदुर किसान पार्टीको एक सिटबाहेक २५ सिटमा वाम गठबन्धन विजयी भएको हो । १५ निर्वाचन क्षेत्रमा १० निर्वाचन क्षेत्र जितेको वाम गठबन्धनले प्रतिनिधिसभामा भने २५ सिट प्राप्त गरेको छ ।
प्रतिनिधिसभामा काठमाडौँका क्षेत्र नं १, ४, ६ र १० मा कांग्रेस र भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी भएका छन् । काठमाडौँमा ४ स्थान र भक्तपुरमा नं १ प्रदेशबाहेक सबै प्रदेशमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
ललितपुरमा भने वाम गठबन्धनले एकलौटी जित हासिल गरेको छ । त्यहाँ प्रतिनिधिसभा र प्रदेशसभामा अन्य दलले कुनै सिट ल्याउन सकेनन् ।
कांग्रेसबाट काठमाडौँ क्षेत्र नं १ को १ मा दीपेन्द्र श्रेष्ठ, काठमाडौँ नं ३ को १ मा छिरिङ दोर्जे लामा, काठमाडौँ ४ को १ मा नरोत्तम वैद्य र काठमाडौँ १० को १ मा पुकार महर्जन तथा भक्तपुर १ को १ मा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइबाहेक सबै सिटमा वाम गठबन्धन विजयी भएका हुन् ।
रासस
प्रतिक्रिया