१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाली निर्वाचन क्षेत्र नं. २ को (क) र (ख) मा वाम गठबन्धन विजयी



२६ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) र (ख) को प्रदेशसभा सदस्यमा वाम गठबन्धन विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा (क) मा एमालेका रतन थापा १३ हजार ६३२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिमबहादुर रावलले ११ हजार ५६५ मत प्राप्त गरेका छन् । प्रदेशसभा (ख) मा माओवादी केन्द्रका नन्दबहादुर साउँद १२ हजार ७७ मत प्राप्त गरी विजयी भएका न् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अरुणकुमार चौधरीले ११ हजार २३२ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्यको मतगणना भने अन्तिम चरणमा पुगेको छ । पछिल्लो परिणामअनुसार एमालेका झपट रावलले २० हजार १८३ मत पाउँदा नेकाका मोहनसिंह राठौरले १७ हजार ५०८ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ५८ हजार ८७८ मत खसेकोमा अब १३ हजार २८३ मत गणना हुन बाँकी छ ।

यसअघि कैलाली जिल्लाको प्रतिनिधिसभाको चार निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा निर्वाचन क्षेत्र नं १ मा राजपा नेपालका रेशमलाल चौधरी, क्षेत्र नं ३ मा माओवादी केन्द्रका गौरीशंकर चौधरी, क्षेत्र नं ४ मा माओवादी केन्द्रका लेखराज भट्ट र क्षेत्र नं ५ मा एमालेका नारदमुनि राना विजयी भइसकेका छन् । रासस

प्रकाशित मिति : २६ मंसिर २०७४, मंगलबार ००:००