२५ मंसिर, बनेपा ।
काभ्रेपलाञ्चोकको क्षेत्र नं १ प्रदेश ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमाले का चन्द्र लामा विजयी भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनको नेपाली कांग्रेसका गणेश लामालाई चार हजार १७७ मतान्तरले पराजित गरेका हुन् । एमालेका लामाले २४ हजार ४७७ मत प्राप्त गर्नुभयो भने कांग्रेसका लामाले २० हजार २७० मत प्राप्त गरे ।
क्षेत्र नं २ प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका लक्ष्मण लम्साल विजयी भए । उनले लोकतान्त्रिक गठबन्धनका सुन्दरमणि आचार्यलाई ११ हजार ३२ मतान्तरले पराजित गरे । लम्सालले २७ हजार ६२१ मत प्राप्त गरे भने कांग्रेसका आचार्यले १६ हजार ५८९ मत प्राप्त गरे ।
यसअघि क्षेत्र नं १ प्रदेश ‘क’ मा माओवादी केन्द्रका रत्नप्रसाद ढकाल २५ हजार १०६ मत प्राप्त गरी विजयी भएका थिए ।
काभ्रे १ मा वाम गठबन्धन
काभ्रेपलाञ्चोकको क्षेत्र नं १ तथा प्रदेशसभामा वाम गठबन्धन विजयी भएको छ । क्षेत्र नं १ मा वाम गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका गंगाबहादुर तामाङ दोङ विजयी भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका तीर्थ लामालाई चार हजार २६ मतले पराजित गरे । तामाङले ४३ हजार ६३१ मत तथा कांग्रेसका लामाले ३९ हजार ६०५ मत प्राप्त गरे ।
क्षेत्र नं १ प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रत्नप्रसाद ढकालले २५ हजार १०६ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गंगाबहादुर तामाङले १७ हजार ८५५ मत प्राप्त गरे ।
क्षेत्र नं १ प्रदेश ‘ख’ मा वाम गठबन्धनतर्फबाट नेकपा एमाले का चन्द्र लामा विजयी भए । लामाले २४ हजार ४७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गणेश लामाले २० हजार २७० मत प्राप्त गरे । क्षेत्र नं १ मा कूल एक लाख ३३ हजार ५१४ मतदाता रहेका थिए ।
रासस
प्रतिक्रिया