८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसभामा एमालेका स्थापित र संग्रौला विजयी



२५ मंसिर, काठमाडौँ ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ६ को दुबै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सो क्षेत्रको प्रदेश ‘क’ बाट क्रमशः केशव स्थापित र प्रदेश ‘ख’ बाट योगेन्द्रराज संग्रौला विजयी भएका छन् ।

उनीहरु दुबै नेकपा एमाले का उम्मेदवार हुन् । स्थापितले आठ हजार २२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार न्हुच्छेबहादुर डंगोलले पाँच हजार १४९ मत प्राप्त गरे ।

संग्रौलाले १२ हजार ८१२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विष्णुभक्त तिमल्सिनाले सात हजार ९१४ मत प्राप्त गरेको निर्वाचन कार्यालयका सहायक अधिकृत मेघनाथ उप्रतीले जानकारी दिए ।

यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका भीमसेनदास प्रधान निर्वाचित भइसकेका छन् ।
रासस

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ००:००