११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुर १ को प्रदेश ‘क’ मा वाम र ‘ख’ मा नेमकिपा विजयी



२५ मंसिर, नगरकोट ।
भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका हरिशरण लामिछाने विजयी भएका छन् । उनी १२ हजार ७८९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन खत्रीले नौ हजार ९७४ मत प्राप्त गरे । त्यस्तै, सात हजार १९ मत ल्याएर नेमकिपाका नीरज लवजू तेश्रो स्थानमा रहेका छन् । यस प्रदेशमा कूल ३८ हजार ९७६ मतदाता थिए जसमध्ये २९ हजार ३३१ मत खसेको थियो ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘ख’ मा भने नेमकिपाका उम्मेदवार सुरेन्द्रराज गोसार्इं भारी मतले विजयी भए । गोसाईं २३ हजार ८८६ मत ल्याई विजयी भएका हुन् । वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार रोमन शिलाकार आठ हजार ६८ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् भने कांग्रेसका उम्मेदवार अनिल भुजू पाँच हजार ४४३ मतका साथ तेस्रो स्थान प्राप्त गरे ।

यस प्रदेशमा ५५ हजार १८८ मतदाता रहेका थिए । भक्तपुरका चार प्रदेशमध्ये यस प्रदेशमा जिल्लामै सबैभन्दा बढी मत खसेको थियो । यहाँ ७७।३१ प्रतिशत अर्थात् ४२ हजार ६६५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले आफ्ना प्रतिद्वन्द्वीको तुलनामा १० हजारभन्दा बढी मत प्राप्त गरी अग्रता लिइरहेका छन् ।
रासस

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ००:००