१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरी १ प्रदेशसभा क मा एमालेका मण्डल, सल्यानमा वाम गठबन्धनको जित



२५ मंसिर ।
राजविराजः सप्तरी प्रदेशसभा १ क मा नेकपा एमाले का नेता सत्यनारायण मण्डल विजयी भएका छन् । जिल्ला मुख्य निर्वाचन कार्यालयले आज बिहान सार्वजनिक गरेको मतपरिणामअनुसार एमालेका मण्डलले ११ हजार ३०२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपा–फोरमका उम्मेदवार राजकुमार लेखीले नौ हजार २५२ मत प्राप्त गरे ।

सल्यानः सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । गठबन्धनका उम्मदेवारले प्रतिस्पर्धीलाई फराकिलो मत अन्तरले पछि पार्दै विजयी भएका हुन् ।

प्रतिनिधिसभाका लागि वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका टेकबहादुर बस्नेतले ४० हजार ८९७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरेका छन् । हाल बिना विभागीयमन्त्री समेत रहेका बस्नेतले ह्याट्रिक गरेका हुन् ।

यस्तै प्रदेश क बाट नेकपा एमालेका उम्मेदवार गुलावजंग शाह १९ हजार ६५८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका एकराज डिसीले १० हजार ६१२ मत प्राप्त गरेका छन् ।

प्रदेश ख बाट एमालेकै पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिल्लीराज रेग्मी हुन् ।
रासस

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ००:००