१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीका तीन प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा



२५ मंसिर, बर्दिवास ।
महोत्तरी जिल्लामा तीनवटा प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको छ । आइतबार अबेर राति महोत्तरी १ को क महोत्तरी २ को क र महोत्तरी ४ को क प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको हो ।

घोषित परिणामअनुसार महोत्तरी १ को क मा नेकपा एमालेकी शारदादेवी थापा प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । थापाले १० हजार २८२ मत र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रल्हाद क्षत्रीले नौ हजार ३१ मत प्राप्त गरेको जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरेको छ ।

त्यसैगरी महोत्तरी २ को क बाट राजपा नेपालका जयनुल राइन विजयी भएका छन् । राइनले १४ हजार ४५६ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशीलकुमार यादवले छ हजार ४७८ मत प्राप्त गरे ।

यस्तै महोत्तरी ४ को क मा संघीय समाजवादी फोरमका कौशलकुमार यादव विजयी भएका छन् । विजयी यादव नौ हजार २७७ र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोखुल रायले सात हजार ३९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

महोत्तरीमा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र छन् । प्रतिनिधिसभातर्फ क्षेत्र नं ३ मा राजपा नेपालका संयोजक महन्थ ठाकुर विजयी भएको आइतबार साँझ नै घोषणा भइसकेको छ ।
रासस

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ००:००