९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाली ५ को क मा वाम गठबन्धन र ख मा कांग्रेस विजयी



२४ मंसिर, धनगढी ।
कैलाली निर्वाचन क्षेत्र ५ को प्रदेशसभा क मा नेकपा एमाले र प्रदेशसभा ख मा नेपाली कांग्रेस विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले अपराह्न सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार क मा विजयी नेकपा एमालेका नेपालु चौधरीले १७ हजार ३६७ मत पाए । उनका निकटतम नेकाका जीवन रानाले ११ हजार ७३ मत प्राप्त गरे ।

यस्तै प्रदेश ख मा विजयी नेपाली कांग्रेसका डिल्लीराज पन्तले ११ हजार २५३ मत पाउँदा उनका निकटतम माओवादी केन्द्रका रमेश धामीले नौ हजार ४८४ मत पाएका छन् । कैलालीको निर्वाचन क्षेत्र १, २, ३ र ४ को मतगणना भने जारी रहेको छ ।
रासस

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतबार ००:००