९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदयपुरमा कांग्रेसका कार्की प्रदेशसभामा विजयी



२४ मंसिर, गाईघाट— उदयपुर ।
उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ख को २ मा नेपाली कांग्रेसका हिमाल कार्कीले १६ हजार ७९२ मत प्राप्त गरेर विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका रामबहादुर थापाले १५ हजार १९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । आइतबार साँझ भर्खरैको अन्तिम मतगणनाको परिणाममा कार्की विजयी भएका हुन् ।

यस्तै निर्वाचन क्षेत्र नं २ को साँझ सम्मको मत परिणामअनुसार प्रतिनिधिसभाको उम्मेदवारमा वाम गठबन्धनका मञ्जुकुमारी चौधरीले १९ हजार मत प्राप्त गरिन् । उनको प्रतिद्वन्द्वी नेकाका डा नारायण खड्काले १८ हजार ९५७ मत प्राप्त गरे ।

निर्वाचन क्षेत्र नं १ कै प्रदेशसभा क १ मा वाम गठबन्धनका बिमल कार्कीले १६ हजार ४५४ मत प्राप्त गरेर विजय उन्मुख छन् भने नेकाका बिदुरबाबु बस्नेतले १४ हजार ७२१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

निर्वाचन क्षेत्र नं २ मा भने वाम गठबन्धनका सबै उम्मेदवार विजयी भइसकेका छन् । अहिलेसम्मको परिणाम हेर्दा नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा २ मा विजय हासिल गरेको छ भने प्रतिनिधिसभाका लागि पनि नेपाली कांग्रेसका डा नारायण खड्का र वाम गठबन्धनको मञ्जुकुमारी चौधरीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

निर्वाचन क्षेत्र नं १ मा झण्डै आठ हजार मतगणना गर्न बाँकी रहेको र रातको १२ बजे सम्ममा सबै परिणाम आउने पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । हालसम्म झण्डै चार हजार मतसमेत रद्द भएको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
रासस

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतबार ००:००