१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङको १२ वटा प्रदेशसभामध्ये ८ वटा प्रदेशको मत परिणाम सार्वजनिक



२४ मंसिर, विराटनगर ।
मोरङमा १२ वटा प्रदेशसभा सदस्यको निर्वाचनमध्ये आठ वटा निर्वाचन क्षेत्रको नतिजा निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ । प्राप्त नतिजाअनुसार पाँचवटामा वाम गठबन्धन र तीन वटा प्रदेशमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मोरङको क्षेत्र नं १ को दुवै प्रदेशमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश ‘क’ मा नेकपा माओवादी केन्द्रका कुलप्रसाद साम्बा लिम्बू १९ हजार ५५४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ललित अधिकारीले १५ हजार २६३ मत प्राप्त गरे ।

सोही निर्वाचन क्षेत्रको ‘ख’ मा नेकपा एमालेका उपेन्द्रप्रसाद घिमिरेले १७ हजार ११७ मत प्राप्त गरी विजयी भए भने घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ईश्वरी कोइरालाले १४ हजार ३१० मत प्राप्त गरे ।

निर्वाचन क्षेत्र नं ३ को प्रदेश ‘क’ मा कांग्रेस र ‘ख’ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नं ३ को ‘क’ मा नेपाली कांग्रेसका सूयर्माराज राईले २० हजार २९९ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी गीता तिम्सिनाले १९ हजार ३९९ मत प्राप्त गरिन् ।

क्षेत्र नं ४ को दुईवटै प्रदेशमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश ‘क’ मा माओवादी केन्द्रका विजयकुमार विश्वास १८ हजार २८९ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्तिनाथ माझीले १५ हजार २२३ मत प्राप्त गरे ।

सोही निर्वाचन क्षेत्रको ‘ख’ मा एमालेका जीवन घिमिरेले १३ हजार ८०५ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वनाथ रिजालले ११ हजार ६२५ मत प्राप्त गरे ।

क्षेत्र नं ६ को दुइ वटै प्रदेशमा नेपाली कांग्रेस विजयी भएको छ । प्रदेश ‘क’ मा चुमनारायण तवदारले २३ हजार ५१३ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जीवन आचार्यले २१ हजार ४७० मत प्राप्त गरे ।

सोही निर्वाचन क्षेत्रको प्रदेश ‘ख’ मा कांग्रेसका केदार कार्कीले ११ हजार २९८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रमेश पोखरेलले आठ हजार १२० मत प्राप्त गरे ।
रासस

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतबार ००:००