१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहा १ क मा एमाले र २ क मा फोरम निर्वाचित



२४ मंसिर, लहान ।
सिरहा प्रदेशसभा क्षेत्र नं १ क मा वाम गठबन्धन र २ क मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रदेशसभा क्षेत्र १ क बाट नेकपा एमालेका लगनलाल चौधरी ११ हजार ५४२ मतसहित विजयी भएका छन् ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष चौधरीलाई ८४३ मत अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सन्तोष चौधरीले १० हजार ६९९ मत ल्याए । राप्रपाका पुराना र प्रभावशाली नेताका रुपमा परिचित चौधरी उम्मेदवारी मनोनयन दर्ता गराउनुअघि मात्र एमालेमा प्रवेश गरेका थिए ।

यस्तै प्रदेशसभा सिरहा २ क मा समाजवादी फोरमका विजय यादव १० हजार ३८३ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शैलेन्द्रकुमार यादवले नौ हजार १५४ मत प्राप्त गरे । यसअघि सिरहा प्रदेशसभा क्षेत्र नं ३ क मा नेकपा माओवादी केन्द्रका रामकुमार यादव र प्रदेशसभा ४ क मा माओवादी केन्द्रका दिलीप साह निर्वाचित भइसकेका छन् ।
रासस

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतबार ००:००