१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्की ३ क मा बराल र ख मा पहारी, इलाम १ क मा लिम्बू विजयी



२४ मंसिर ।
पोखराः प्रदेशसभा कास्की क्षेत्र नं ३ क मा नेकपा माओवादी केन्द्रका रामजी बराल निर्वाचित भएका छन् । उनले १५ हजार ८२३ मत र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत पाइन् ।

क्षेत्र नं ३ क मा ४२ हजार १८१ मतदाता रहेकामा २८ हजार ९०४ मतदाताले मतदान गरेका थिए । प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले आफू सधैँ यस क्षेत्रको विकासमा क्रियाशील रहने बताए ।

यस्तै क्षेत्र नं ३ ख मा नेकपा एमालेका उम्मेदवार युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारी निर्वाचित भएका छन् । उनले १६ हजार १६७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिकन्दर गुरुङले १० हजार ८७६ मत ल्याए । क्षेत्र नं ३ ख मा ४६ हजार ५२४ मतदाता रहेकामा ३२ हजार ९८७ मतदाताले मतदान गरेका थिए । प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उनले फेवातालको संरक्षण र विकास निर्माणमा आफूले विशेष ध्यान दिने बताए ।

इलामः प्रदेशसभा १ क मा वाम गठबन्धनबाट नेकपा एमालेकी खिनु लङ्वा लिम्बू १८ हजार ६८६ मत ल्याएर विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र राईले नौ हजार ३२७ मत ल्याएका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको इलामबाट महिला उम्मेदवार उनी मात्रै बनेकी थिइन् ।
रासस

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतबार ००:००