७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सा १ क बाट अन्सारी र ४ को क बाट चौधरी विजयी



२४ मंसिर, पर्सा ।
पर्साको निर्वाचन क्षेत्र नं १ को क बाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रदेशसभा सदस्यमा जनत अन्सारी विजयी भएका छन् । अन्सारीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीसंग एक हजार ४३२ मतको अन्तरले विजयी भएका हुन् ।

अन्सारीले आठ हजार ५९३ मत हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुर्मीले सात हजार १६१ मत हासिल गरेको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए ।

त्यसैगरी पर्साको निर्वाचन क्षेत्र नं ४ को क बाट प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार शंकर चौधरी विजयी भएका छन् । चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका जयप्रकाश थारुलाई ४४८ मतको अन्तरले पराजित गरेका हुन् ।

अबेर राति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उम्मेदवार चौधरीले कूल सात हजार ४८८ मत हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी थारुले सात हजार ४० मत हासिल गरेको मुख्य निर्वाचन अधिकृत कर्णले जानकारी दिए ।

पर्साको निर्वाचन क्षेत्र नं २ को क बाट कांग्रेसका तेली विजयी

पर्साको निर्वाचन क्षेत्र नं २ को क बाट नेपाली कांग्रेसका राजेश्वरप्रसाद साह तेली विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार १० हजार २५९ मत हासिल गरी तेली विजयी भएका हुन् ।

तेलीका निकटतम प्रतिद्वन्द्वी यादवले कूल १० हजार ७९ मत हासिल गरेको निर्वाचन अधिकृत कर्णले बताए ।
रासस

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतबार ००:००