१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँके क्षेत्र नं २ मा राई, सिरहा ४ क मा साह, बारा २ क मा जैसवाल विजयी



२४ मंसिर ।
खजुरा— बाँकेः बाँके जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद इश्त्यिाक राई २१ हजार ५२५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट पशुपति दयाल मिश्रले १५ हजार ६४१ मत ल्याए ।

यसैगरी बाँके क्षेत्र नं २ प्रदेश क मा संघीय समाजवादी फोरम नेपालका विजयबहादुर यादव विजयी भएका छन् । उनले ११ हजार ५७४ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका नीरञ्जनसिंह सिजापतिले सात हजार ७५१ मत ल्याए ।

लहानः सिरहा प्रदेशसभा क्षेत्र नं ४ क मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दिलीपकुमार साह ११ हजार १२१ मतसहित विजयी भए ।

गएराति सम्पन्न अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपाल राजपाका उम्मेदवार रामकुमार मण्डललाई एक हजार १३८ मत अन्तरले पराजित गर्दै साह निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपाल राजपाका उम्मेदवार मण्डलले नौ हजार ९८३ मत मात्र ल्याए । यसअघि सिरहा प्रदेशसभा क्षेत्र नं ३ क मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामकुमार यादव ११ हजार ४१२ मतसहित विजयी भएका थिए ।

कलैयाः बारा जिल्लाको निर्वाचन क्षेत्र नं २ को क प्रदेशसभा सदस्यमा संघीय समाजवादी फोरमका शारदा शंकर जैसवालले १६ हजार ६७१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रवेश यादवले आठ हजार १०० मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश खरेलले बताए ।

यसैगरी निर्वाचन क्षेत्र नं ३ को क मा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका माओवादी केन्द्रका ज्वाला साहले ११ हजार ४७१ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामानन्दप्रसाद यादवले १० हजार १७४ मत प्राप्त गरेका थिए ।
रासस

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतबार ००:००