८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुर १ को ख मा वाम, २ को क मा वाम र ख मा लोकतान्त्रिक गठबन्धन विजयी



२३ मंसिर, हेटौँडा ।
मकवानपुर क्षेत्र नं १ को ख मा वाम गठबन्धनबाट नेकपा एमालेका डोरमणि पौडेल २० हजार ७०३ मत प्राप्त गरी विजयी भएको छ । उनको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका अशोक शाक्यले १६ हजार ५८१ मत प्राप्त गरे ।

त्यस्तै क्षेत्र नं २ को क मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्र का कुमारी मोक्तानले २७ हजार १३२ मत प्राप्त गरी विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका यति सापकोटाले १४ हजार १३६ मत प्राप्त गरे ।

यसैगरी क्षेत्र नं २ को ख मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका इन्द्रबहादुर बानियाँले १९ हजार २४५ मत प्राप्त गरी विजयी भए । उनको निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट एमालेका राजाराम स्याङताङले १७ हजार ८३४ मत प्राप्त गरे ।
रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००