६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङ क्षेत्र नं १ ख मा एमालेका शर्मा, बाँके १ क मा माओवादीका केसी विजयी



२३ मंसिर ।
तुलसीपुर— दाङः दाङ क्षेत्र नं १ को प्रदेश ख मा वाम गठबन्धनका तर्फबाट एमालेका रेवतीरमण शर्मा १९ हजार ३५४ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जानकीलाल बस्नेतले १२ हजार ७५३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ । कूल ५२ हजार ७०० मत रहेकामा यस क्षेत्रमा ३६ हजार १४२ मत खसेको थियो ।

खजुरा— बाँकेः बाँके क्षेत्र नं १ को क मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्र का कृष्णा केसी १३ हजार ४३६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शरदचन्द्र बर्माले १० हजार २४० मत ल्याएका छन् ।
रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००